काठमाडौं, ८ मंसिर ।
नेपाल प्रहरीका डिएसपी र इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुले लाइसेन्सको ट्रायलमा फेल भएकालाई पास गराएर पैसा लिएो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । दुई प्रहरी र अन्य ३६ कर्मचारीविरुद्ध आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
डिएसपी थापा र इन्सपेक्टर मिश्रलाई २४ हजार नौ सय बिगो दाबी गरी मुद्दा दायर गरिएको छ । राजश्व हिनामिना गरेवापतको रकमलाई बिगो बनाएर मुद्दा दायर भएको हो ।
२०५९ सालको बैशाख, जेठ र असारमा यस्तो अनियमितता भएको थियो ।
डिएसपी थापा पछिल्लो समय प्रबन्ध शाखामा कार्यरत थिए । खरिद अनियमिततामा पनि उनी लगायत प्रहरीमाथि अनुसन्धान भइरहेको छ ।