
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्ने छ । दुई मन्त्रालय पाएको जसपाले सरकारमा एक मन्त्री पठाउन बाँकी छ ।











