Logo
Logo

वर्तमान आर्थिक अवस्था : व्यापार घाटा १७.१ प्रतिशतले घट्यो (पूर्णपाठसहित)


630
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सर्वजनिक गरेको छ । जसअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म व्यापार घाटा १७.१ प्रतिशतले कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार हाल व्यापार घाटा १० खर्ब ८३ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०१ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६७ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो ।

मुलुकको आर्थिक अवस्था (पूर्णपाठ)


 

प्रतिक्रिया दिनुहोस्