Logo
Logo

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित


1.9k
Shares

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई कारबाही गरेको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउपुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई पार्टीले निलम्बन गरेर कारबाही गरेको हो ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

हालसम्म फरार रहेको रायमाझी आत्मसमर्पण गर्ने तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्