Logo
Logo

आरजुद्वारा साईबर ब्यूरोमा उजुरी, नक्कली अडियो बनाउनेलाई कारबाही गर्न माग


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको फेक अडियोको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साईबर ब्यूरोमा निवेदन दिएकी छन् ।

उनले साईबर ब्यूरो भोटाहिटीमा केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक गरिएको उक्त अडियो ‘फेक’ भएको र बदनियत पूर्ण ढंगबाट नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गर्दै बुधबार उजुरी दिएकी हुन् ।

‘विभिन्न संचार माध्याममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भूटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु’ आरजुले दर्ता गरेको निवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्