काठमाडौं । किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा शोभित राई निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा यही बैशाख २६ गतेदेखि सुरु भएको संघको १०औं राष्ट्रिय सम्मेलनबाट शोभित राई नयाँ कार्यसमितिको लागि सर्वसम्मत रुपमा चयन भएका हुन् ।

१०औँ सम्मेलनबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रविणा राई, अन्जिल राई, अशोक राई र शुभमान्सुङ राई चयन भएका छन् ।
संघको महासचिवमा निराजन किराती, सचिवमा सञ्जय राई र हेमराज राई चयन भएका छन् । त्यस्तै कोषाध्यक्ष निन्दिना राई र सहकोषाध्यक्षमा नवीन राई चयन भएका छन् ।
प्रशिक्षण विभाग प्रमुखमा सरोज किराती, शैक्षिक विभाग प्रमुखमा बसन्त राई, संगठन विभाग प्रमुखमा प्रमोद राई, प्रचारप्रसार तथा समन्वय विभाग प्रमुखमा अन्वेष राई र महिला विभाग प्रमुखमा करिना राई चयन भएका छन् ।
त्यसैगरी सांस्कृतिक विभाग प्रमुखमा बन्दना राई, स्वयंसेवक विभाग प्रमुखमा इमान राई, अनुशासन विभाग प्रमुखमा रोशन राई र विदेश विभाग प्रमुखमा विरस राई, अतिरिक्त क्रियाकलाप विभागमा आशिष राई र भाषा, धर्म तथा संस्कृति विभागमा सुनिल राई चयन भएका छन् ।
केन्द्रिय सदस्यहरूमा सजना राई, बनाहाङ राई, अबि राई, तिलक राई, अतीत राई, विश्वराज राई, डोमा राई, अर्जुन राई, राजन राई, उपार्जुन राई, सुदीप राई, देवेन्द्र राई, शर्मिला राई, पफिन्द्र राई, प्रमेश राई र विपराज राई चयन भएका छन् ।
‘पहिचान, भाष र संस्कृतिको लागि शैक्षिक जागरण, वृहत जनदबाबासहति किरात स्वायत्त राज्य नामकरण’ भन्ने मूल नाराका साथ सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनको बन्द सत्रमा कोशी प्रदेश खारेज गर्न दबाब दिने, आफ्नो समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र अधिकार अस्तित्व स्थापनाका लागि सबै राई विद्यार्थीलाई गोलबन्द गर्ने विषयमा छलफल गरिएको थियो ।
संघको राष्ट्रिय सम्मेलनमा पूर्वी नेपालका १० जिल्ला, काठमाडौं उपत्यकाका तीन जिल्ला र चितवनका प्रतिनिधि एवम् पर्यवेक्षकको उपस्थिति रहेको थियो ।
खोटाङमा भएको नवौँ सम्मलेनबाट असन्तुष्ट बनेको रामचन्द्र राई समूहलाई समेत समेटेर १०औं सम्मलेन गरिएको आयोजक समितिका सदस्य सचिव रविन कुलुङ राईले जानकारी दिए ।
सम्मेलन उद्घाटनअघि संघले कोटेश्वरस्थित किरात यायोक्खाको भवनमा मार्चपास गरेको थियो । संघले सँधै सांस्कृतिक झाँकीसहितको र्याली निकाल्ने गरेपनि यसपटक भने कोशी नामकरण खारेजको माग गर्दै मार्चपास गरेको सदस्य सचिव रविन कुलुङ राईले जानकारी दिए ।
मार्चपासमा सहभागीहरूले ‘कोशी प्रदेश खारेज गर’, ‘प्रदेश–१ को नामकरण पहिचानसहित गर’, ‘पहिचानवादी एक हौँ’ जस्ता नारा लगाएका थिए ।
संघले आफ्नो जातिको मात्र नभई आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम तथा अल्पसङ्ख्यकहरू माथिको भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक विभेदको विरुद्ध सशक्त आवाज उठाउँदै आएको छ ।











