Logo
Logo

‘भुटानी शरणार्थी प्रकरणमा दोषी छुट्दैन र निर्दोष पर्दैन’ 


3.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नछुट्ने र निर्दोष नपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधनमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने,  ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्, मैले देउवाजी र ओलीजीसँग यही कुरा गरेको छु ।’

उनले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर  प्रहरीलाई  स्पष्ट निर्देशन दिएको बताए । उनले भने,  ‘हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौँ, जे भएको छ विधि विधान अनुसार, नियमपद्दतिअनुसार प्रहरीले आफ्नो काम गरेको छ । ’

प्रतिक्रिया दिनुहोस्