काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । नक्कली भुटानी शरणार्थी काण्डको सक्कली छानविन गर्नुपर्ने भन्दै बृहत् नागरिक आन्दोलनले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको हो । उनीहरुले कसैको दवावमा दोषिले उन्मुक्ति नपाउने गरि कारवाही गर्न माग गरेका छन् ।

बृहत् नागरिक आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेको थियो । प्रदर्शनमा सहभागी रास्वपा केन्द्रीय सदस्य लिमा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै जनता सरकारको साथमा रहेको भन्दै खुट्टा कमाउने नहुनेमा जोड दिए ।
प्रदर्शनमा सहभागीले हाम्रो कर मिलेर लुट्न बन्द गर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात–टोपबहादुरलाई ओलीको साथ, शरणार्थीको प्रकरणको सक्कली छानबिन होस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।











