Logo
Logo

कांग्रेसले खुट्टा कमायो, खाँणलाई निलम्बन गर्न सकेन


6.2k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे कांग्रेसमा छलफल भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि सभापति सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका थिए ।

बुधबार साँझ सभापति देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार सहमति नजुटेपछि बिहीबार पुनः बैठक बस्ने गरी बुधबारको बैठक सकिएको छ । ती नेताका अनसार बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । तर, केही नेताले तत्काल निलम्बन गरिहाल्नुपर्ने अवस्था नरहेको बताएपछि पुनः बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्