Logo
Logo

शशांक कोइराला भन्छन्- भ्रष्टाचार कम गरौं


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद शशांक कोइराला भ्रष्टाचार निर्मुल गर्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलको क्रममा भ्रष्टाचार निर्मुल गर्न नसकिने भन्दै अलिक कम गर्नुपर्ने बताए ।

उनले भने, ‘करप्सन भनेको हामीले गर्छौँ, अरूलाई दोष किन दिने ? हामीबाट करप्सन कम गरौं । कम गरौं, निर्मुल गर्न सकिँदैन ।’

उनले भ्रष्टाचारीप्रति तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गर्ने व्यवहार स्मरण गरे । विश्वेश्वरप्रसाद प्रधानमन्त्री हुँदा उनका भाइले तीन सय पर्ने नयाँ जुत्ता लगाएको निहुँमा उनलाई पदबाट बर्खास्त गरेको सुनाए ।

‘बीपी कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको एक जना भाइले नयाँ जुत्ता लगाउनुभयो, तीन सय रुपैयाँ पर्ने । बीपीले सोध्नुभयो— कहाँबाट आयो पैसा ? त्यही दिन उहाँले बर्खास्त गरिदिनुभयो’ कोइरालाले भने ।

भ्रष्टाचार नियन्त्रण गर्नका लागि बीपीमा जस्तै सहनशीलता र संवेदना हुनुपर्ने उनको भनाइ छ । भ्रष्टाचार निर्मूल पार्न कठिन हुने तर, कम गर्न सकिने उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि नेताहरुबाटै सुरुवात हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्