Logo
Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बैठक बस्ने लागेको हो ।

आजकाे बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थीति लगायत समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथी प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्