Logo
Logo

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन, आज अन्त्यष्टि


1.4k
Shares

काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ ।

उनको उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको १४ वर्षका थियो । उनको आज (विहीबार) अन्तिम संस्कार गरिने नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्