
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता र प्रमुख सचेतक हेरफेर गरेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित भएका हुन् ।
प्रमुख सचेतकमा खुसीराम चौधरी चयन भएका छन् । यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी थिए ।
निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।











