Logo
Logo

टाउको र शरीर छुटिट्एको अवस्थामा एक भारतीय युवकको शव भेटियो


441
Shares

काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ ।

हरिपूर्वा नगरपालिका-१ पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढी सोनवर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ को टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो । बुधवार साँझ ५ बजेतिर बीभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएकाे छ ।

शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको छ । घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राखेकाे थियाे । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

भारतीय युवकको बीभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन्। घटनास्थलमा कुनै हतियार फेला परेको छैन। यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन ।

प्रतिक्रिया दिनुहोस्