Logo
Logo

जसपाको विधान अधिवेशन असारमा


882
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको विधान अधिवेशन आगामी असारमा गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी बैठकले विधान सम्मेलन असर ९ देखि ११ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले संसदबाट दुईपटक पारित भइसकेको नागरिकतासम्बन्धि विधेयक अविलम्ब पारित गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्ने, प्रदेश १ को नामकरणविरुद्ध जारी आन्दोलनमाथि भइरहेको दमन बन्द गरी पनः नामाङ्कनका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यसैगरि नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गर्ने पनि बैठकले निर्णय गरेको छ ।

नेपालीलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउँने भन्दै ठगी गर्ने प्रकरणमा राजनीतिक तथा प्रशासनिक उच्च पदस्थ अधिकारीहरु पक्राउ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्