Logo
Logo

अकूतको पछि लाग्यो अख्तियार



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार काण्डमा अनुसन्धान गरी केही अकूत सम्पत्ति कमाएकाहरुमाथि मुद्दा दायर गरिसकेको छ । सिक्टा सिंचाई आयोजनाको भ्रष्टाचारमा अख्तियारले कर्मचारी, निर्माण कम्पनी र परामर्शदाताविरुद्ध मुद्दा दायर गरिसकेको छ । आयल निगमको जग्गा खरिद प्रकरणमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचारका मुख्य दोषी पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर गरिसकेको छ ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरे

राष्ट्रिय गौरबका आयोजनाको काम तोकिएको समयमा सम्पन्न नहुने र लागत अत्यधिक बढाइएकोबारेमा आयोगले गम्भीरतापूर्वक छानबिन गरिरहेको छ । जनसम्पर्क हुने कार्यालयमा हुने घुसखोरीका बारेमा पनि आयोगले चासोका साथ छानबिन गरिरहेको स्रोतले दृष्टिलाई बताएको छ । आयोगले अर्थमन्त्रालयको राजूस्व समुह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक आयोजना, सहरी विकास तथा भवन विभागका कर्मचारीहरुले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको बिषयमा पनि सुक्ष्म अनुसन्धान गरिरहेको छ । पछिल्लो समयमा भ्रष्टाचारको रकम आफ्नो नाममा नराखी आफन्तको नाममा घरजग्गादेखि विभिन्न ब्यवसायमा लगानी गरेको देखिएको छ । आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का र वन मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठले अर्कैका नाममा सम्पत्ति राखेको आयोगले अनुसन्धानका क्रममा फेला पारेको छ । भ्रष्टाचारको धन कहाँ लगानी भएको छ भन्ने पत्ता लगाउनु आयोगका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखिएको छ ।
राजस्व समूह अन्तर्गत आकर्षक भन्सार कार्यालयमा बर्षौसम्म कार्यरत उपसचिव मिमांस अधिकारी, कृष्णबहादुर बस्नेत, सेवन्तक पोखरेल, भूपाल शाक्यहरुले अकूत सम्पत्ति आर्जन गरेको उजुरीमा आयोगले छानबिन गरिरहेको छ । त्यसैगरी राजस्व समूहका अधिकृतहरु श्याम बस्नेत, सुशील थापा, मानबहादुर विक, लक्ष्मण बाँस्तोला लगायतको सम्पत्ति र ब्यापारिक मेसमा भएको लगानीबारे पनि छानबिनको दायरामा छन् ।
सडकका आकर्षक आयोजना र डिभिजन चाहरी अथाह सम्पत्ति आर्जन गर्ने सुई र डीईहरुमाथि पनि छानबिन गरिरहेको छ । आयोग स्रोतका अनुसार सुईहरु गोपालप्रसाद सिग्देल, संजय श्रेष्ठ, डीईहरुमा सूर्य भाट, कर्णबहादुर रानाभाट, उमेशविन्दू श्रेष्ठ, मेघराज मरासिनी, सुबोधकुमार देवकोटा लगायत छन् भने चन्द्रमान श्रेष्ठमाथि स्मार्ट लाइसेन्स छपाईमा भएको भ्रष्टाचारका बारेमा पनि छानबिन भइरहेको अख्तियार स्र्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्