Logo
Logo

टोपबहादुरलाई अहिले नै दोषी करार गर्न मिल्दैन : केपी ओली


1.8k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी करार गर्न नसकिने बताएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा आज (बिहीबार) बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए ।

भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए । तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उनको भनाइ छ ।

एमालेका निलम्बित सचिव रायमाझीविरूद्ध नक्कली शरनार्थी बनाइ ठगी गरेको आरोपमा पक्राउ पर्जी जारी गरेको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै उनी फरार छन् । बैशाख २० गतेदेखि सम्पर्क बिहीन बनेका रायमाझीले संसद सचिवालयलाई भने आफु बिरामी रहेको भन्दै पत्र पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्