Logo
Logo

नेपाल विज्ञापन संघद्वारा आन्दोलनको घोषणा


2.3k
Shares

काठमाडौं । सरकारले जारी गर्न लागेको विज्ञापन नीतिको विरोधमा नेपाल विज्ञापन संघ (आन)ले आन्दोलको घोषणा गरेको छ । संघले बुधबारदेखि श्रृखलावद्ध विरोध कार्यक्रमको घोषणा गरेको हो ।

विरोध कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालले देश आर्थिक रुपमा कमजोर रहेको अवस्थामा ठूला–ठूला मुद्दालाई समाधान गर्नुको सट्टा केही अमूक व्यक्ति र स्वार्थ समूहलाई खुशी बनाउने हेतुले ल्याइन लागेको विज्ञापन नीतिले कसैको पनि हित नहुने बताए ।

यसैगरी निवर्तमान अध्यक्ष रविन्द्र कुमार रिजाल (शशी) ले नेपाल खुला बजार अर्थतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा कसैको पनि स्वतन्त्र रुपमा गरिने व्यापार व्यवसायलाई हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकले तानाशाही रुपमा अंकुश लगाउन नहुने बताए ।

उनले शाही शासनकालमा ल्याइएको विज्ञापनमा एकद्वार नीतिलाई लोकतान्त्रिक सरकारले जस्ताको तस्तै कार्यान्वयनमा ल्याउन खोज्नु लोकतन्त्रकै उपहास भएको बताए । बिरोध कार्यक्रममा अध्यक्ष धितालले संचार जगत, विज्ञापनदाता र विज्ञापन व्यवसायीलाई ऐक्यबद्धताको लागि आव्हान गरे ।

विरोधको पहिलो चरणअन्तर्गत बुधबार विज्ञापन बोर्डको कार्यालय बबरमहलमा ताला लगाएको संघले जनाएको छ । नेपाल विज्ञापन संघले विज्ञापन बोर्ड मार्फत विज्ञापन बाँड्ने एकद्धार निति लागू गर्ने, विज्ञापन वितरणमा एजेन्सीको भूमिका नराख्ने, बोर्डमा संघको संस्थागत प्रतिनिधित्व नहुने लगायतका विषयमा बर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्