
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्रीमा राजाराम बर्तौला लाई मनोनित गरेका छन्।
परराष्ट्र सेवामा लामो समय काम गरि सेवा निबृत्त भएका बर्तौला अवकाश जीवन पछि राप्रपा नेपालमा आबद्ध भएका थिए । यस अघि उनी पार्टीको अन्तरास्ट्रिय सम्बन्ध बिभागको सदस्य(सचिबको जिम्मेवारीमा थिए ।
बर्तौला साहित्य क्षेत्रमा पनि कलम चलाउँछन् । उनको दुई निबन्ध संग्रह प्रकाशित छ । सहायक महामन्त्रीमा मनोनित भए पछि अध्यक्ष कमल थापाले उनलाई बधाई सहित सफल कार्यालयको शुभकामना दिएका छन्।











