Logo
Logo
कांग्रेस पदाधिकारी बैठक

कांग्रेसले बालकृष्ण खाँणलाई निलम्बन गर्ला त ?


882
Shares

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक अहिले बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसिरहेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य बालकृष्ण खाँण फक्राउ परेपछि बुधबार सभापति देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएको थियो । बैठकमा खाँणलाई निलम्बन गर्नेबारे छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि आजका लागि बैठक तय गरिएको थियो ।

आजको बैठकमा पनि केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे छलफल चलिरहेको एक नेता बताए । साथै, बैठकमा पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफल भइरहेको छ ।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए । पार्टीका भ्रातृ संस्थाको विस्तार, पार्टीका केन्द्रीय विभाग गठनलगायतका विषयमा पनि छलफल भइरहेको छ । यस्तै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मन्त्री छान्नेबारे पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्