Logo
Logo

बालकृष्ण खाँण जोगाउँदै कांग्रेस, गरेन निलम्बन


3.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले नभागेर खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकालेको हो ।

पूर्व गृहमन्त्री समेत रहेका खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्न विषयमा सामान्य छलफल भएपनि तत्काल निर्णय नहुने कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । बैठकपछि उनले भने, ‘बुटवलबाट काठमाडौँ आएको दोस्रो दिन उहाँलाई निवासबाटै प्रहरीले पक्राउ गरेको छ । उहाँ भाग्न पनि सक्नुहुन्थ्यो । तर उहाँले त्यसो नगरेर अनुसन्धानमा सहयोग गर्नु भएको छ । हामीले यो कुरालाई पनि हुनुपर्छ ।’

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत राखेका थिए । बिहीबारको बैठकमा अदालतको फैसलापछि खाँणबारे पार्टीले निर्णय लिने विषयमा सबै सहमत भएको परियारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्