
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसाअघि बिहीबार खरिदमूल्य १३० रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको थियो । आज युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले घटेको हो ।
त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिद मूल्य १६४ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ५२ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा पाइन्छ ।
यता कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर बिहिबार ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ३७ पैसा र बिक्रीमा २९ रुपैयाँ ५० पैसा पाइन्छ ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४० पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २३ पैसा तोकिएको छ ।











