काठमाडौं । कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।
शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।











