Logo
Logo
कला

चलचित्र क्षेत्रमा ‘जारी’ले थपेको उत्साह



काठमाडौं । कुनै समय (सत्तरीकै दशकमा) सातामै एकैसाथ चार वटासम्म नयाँ नेपाली फिल्म रिलिज हुन्थ्यो । कोभिड–१९ महामारीअघिसम्म नेपाली फिल्मकर्मीबीच फिल्म रिलिज गर्न प्रतिस्पर्धा नै हुन्थ्यो । व्यापार आफ्नै ठाउँमा छ । फिल्म हलसम्म पु¥याउन पाउँदा निर्माता/निर्देशक दंग हुन्थें किनकि कोभिड-१९ को महामारीअघिसम्म महिनामै दर्जनौं फिल्म फ्लोरमा हुन्थ्यो र फिल्म रिलिजका लागि लाइन हुन्थ्यो । त्यसैले निर्माताहरुलाई हल पाउनु युद्ध जितेजस्तै लाग्थ्यो ।

तर, कोभिड-१९ को महामारीसँगै झण्डै दुई वर्ष लकडाउन भएपछि व्यापार व्यवसायीसँगै मनोरञ्जन क्षेत्र ठप्प भयो । त्यसमा फिल्म क्षेत्र अछुत रहने कुरै भएन । फिल्म क्षेत्र थप्प हुँदा धेरैले पेसाबाट हात धोए । तर, कोभिड महामारी सामान्य अवस्थामा आएसँगै लकडाउन खुला भयाे ।

तैपनि निर्माता/निर्देशक झण्डै एक वर्ष आफ्नो फिल्म रिलिज गर्न हिच्चाए किनकि दुई वर्षसम्म सिनेमा हल बन्द हुँदा दर्शकलाई हल जाने बानी छ्ट्दै गयो भने अर्कोतिर उनीहरुमा पिरोलो पनि यथावत थियो । त्यसैले लकडाउन खुला भएको एक वर्षसम्म नेपाली फिल्म खाशै रिलिज भएन । केही निर्माताले पुराना फिल्म रिलिज गरे भने अधिकांश सिनेमा हलमा हिन्दी चलाइयो ।

तर, अहिले नेपाली फिल्म क्षेत्र लयमा फर्कँदैछ । फिल्महरू धमाधम बन्न थालेका छन् । कोभिड-१९ को महामारीपछि रिलिज भएका नेपाली फिल्ममध्ये सुरुमा ‘म यस्तो गीत गाउँछु-२’ले राम्रो व्यापार गरेको थियो । त्यसपछि एक किसिमले फिल्मकर्मीमा उत्साह पलाएको थियो ।

कोभिड-१९ को महामारीपछि रिलिज भएका फिल्महरुमध्ये ‘छक्का पञ्जा–४’ र ‘कबड्डी–४’ले पनि राम्रो व्यापार ग¥यो । निर्माता/निर्देशकले मिडियाकर्मीलाई बताएअनुसार ‘छक्का पञ्जा-४’ र ‘कबड्डी ४’ले व्यापारले कोभिड महामारीअघिको उत्साह ल्याएको थियो । जसका कारण निर्माताहरुले रिलिजको तयारी भएर पनि कोभिड महामारीका कारण थन्किाएका फिल्महरु धमाधम रिलिज गर्न थाले । यससँगै महिनामा चारदेखि ७ वटासम्म फिल्महरु रिलिज हुन थालेका छन् ।

पछिल्लो समय जसरी फिल्महरु बनिरहेका छन् र रिलिज हुँदै आएका छन् । त्यसले के देखाउँछ भने फिल्मकर्मी पुनः आशाका साथ फ्लोरमा उत्रिएका छन् । र, उनीहरुमा उत्साह बढेको छ । यो बैशाख महिनामा करिब एक दर्जन फिल्म फ्लोरमा छन् । व्यवसायी हिसाबले फड्को मार्न नसकेपनि अहिलेको फिल्म निर्माण र रिलिजको संख्यालाई हेर्ने हो भने उत्साहजनक छ ।

२०८० साल लागेसँगै फिल्मकर्मीमा थप उत्साह देखिएको छ । ७० को दशकको अन्तिम चैतमा जम्मा चारवटा नेपाली फिल्म रिलिज भएका थिए । तर, ८० लागेपछि ७ वटा फिल्म रिलिज भएका छन् । यसैबीच ‘हल्कारा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

यो बैशाखमा ‘बिहे पास’, ‘बुलाकी’, ‘जारी’, ‘नाईं नभन्नू ल ६’, ‘कैदीको पत्र’, ‘प्रसाद–२’, ‘ज्याकी : आई एम ट्वान्टी वान’ र ‘हल्कारा’ गरी ७ वटा फिल्म रिलिज भएका छन् । २०८० सालको सुरुमै लागेको फिल्मध्ये ‘जारी’ले व्यवसाय सफलता पाइरहेको छ ।

वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’को व्यापार अन्य फिल्मको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डाके बक्सअफिस विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ले १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको संकेतसमेत ‘जारी’को राम्रो छ ।

यस्तै, वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’को सो संख्या घटेको छ । यसको कारण दर्शक घट्नु हो । निर्माणपक्षका अनुसार प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल–६’ले २५ लाख र ‘प्रसाद–२’ले ७० लाखको व्यापार गर्न सफल भएको छ ।

वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ले दुई दिनमा २० लाखको हाराहारीका व्यापार गरेको निर्माण पक्षले जनाएको छ । नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य फिल्म भने दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ । तर, ‘जारी’ले गरेको व्यापारलाई उत्साहका रुपमा फिल्मकर्मीले लिनुपर्ने छ ।

चलचित्र विकास बोर्डका अनुसार ‘जारी’को व्यापार अझ बढ्न सक्छ । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले देश बाहिरसमेत राम्रो व्यापार गरिरहेको छ । २०८० साल बैशाख १ गते रिलिज भएको ‘जारी’को आक्रामक व्यापारलाई हेर्दा लाग्छ, ‘जारीलाई चुनौती दिने फिल्म यो वर्ष बन्न मुश्किल छ । त्यसो त फिल्म सफल हुनलाई दर्शकको मन जित्न सक्नुपर्छ । दर्शकले कस्तो फिल्म रुचाउँछन् भन्ने बुझ्न फिल्मकर्मीले जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्