
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहिबार देखी सुरु भएको चौथौ केन्द्रिय समिति बैठक जारी रहेकै बेला आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो ।
पार्टीकाे प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने बार्षिक कार्ययोजना केन्द्रिय समितिमा पेश गरी पारित गरिनेछ ।
शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए ।
सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल गरिएको थियो । आज बस्ने केन्द्रिय समिति बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।











