Logo
Logo

धादिङबाट काठमाडौ आउँदै गरेको बसमा आगोलागी


2.9k
Shares

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी नगरपालिका- ९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ।

धादिङको खाल्टेबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको यात्रुबसमा धुनिबेशी नगरपालिका ९ कानाकोटमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

तेत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसको सिट भने जलेर नष्ट भएको छ। बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। धुनिवेशी नगरपालिकाको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्