Logo
Logo

नक्कली शरणार्थी प्रकरण निष्पक्ष छानविन हुने कुरामा शंका छ : डा भट्टराई


630
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले स्थिर सरकार नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको बताएका छन् ।

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाले आयोजना गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्धको प्रदर्शनमा पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दरोसँग खुट्टा टेक्नेमा आशंका रहेका बताए ।

उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन अस्थिर सरकार छ, त्यसैले आफ्नो सरकार जोगाउनलाई कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन भन्ने आशंका छ ।’

अध्यक्ष भट्टराईले जनताले खबरदारी गरिरहे भ्रष्टाचारीहरु उम्कन नसक्ने समेत धारणा राखे । उनले भने, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नागरिकले खबरदारी गर्नुपर्छ । खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्