Logo
Logo

किरात समुदायले टुँडिखेलमा मनाए उभौली


1.7k
Shares

काठमाडौं । किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा उभौली पर्व मनाएका छन् । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका उनीहरुले टुँडिखेलमा भेला भएर साकेला सिली नाचेर पर्व उभाैली मनाएका हुन् ।

उभौलीलाई किरात समुदायले महान पर्वका रूपमा मनाउँदै आएका छन् । यसैक्रममा सधैंझै यस वर्ष पनि उभौली मनाएका हुन् । यो वर्ष २२ वैशाखमा उभौली परेको थियो ।उक्त दिन किरात सुमुदायले प्रदेश १ को कोशी नामाकरणको विरोध गर्दै नयाँ बानेश्वरस्थिच संघीय संसद भवन परिसरमा भेला भएर नाचगान गरेका थिए ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने चलन छ । किरात समुदायको यो महत्वपूर्ण पर्व वसन्त ऋतुमा पितृपूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप नआओस् भनेर पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्