
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर १२ पैसाले बढेको छ ।
आइतबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा तोकिएको छ । यसाअघि शुक्रबार खरिदमूल्य १३१ रुपैयाँ ५ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको थियो ।
युरोपियन युरोमा झिनो गिरावट आएको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसाले घटेको हो । यसअघि शुक्रबार युरोको खरिदमूल्य १४३ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ १७ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ८८ रुपैयाँ १३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६८ पैसा पाइन्छ ।
यस्तै, राष्ट्र बैंकले कतारी रियाल आइतबार एकको खरिदमा ३६ रुपैयाँ एक पैसा र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ । साउदी अरेबियन रियाल एकको खरिददर आइतबार ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा तोकेको छ ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा पाइन्छ ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ७४ पैसा पाइन्छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५५ पैसा तोकिएको छ ।











