Logo
Logo

उपचार नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौं : स्वास्थ्यमन्त्री


756
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चुरोट सुर्तीजन्य वस्तुमा कर बढाएर गरिवको नि:शुल्क उपचार गर्ने बताए । हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सुतीजन्य बस्तुमा कर बढाएर उक्त रकमबाट स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्न बाध्य नागरिकको नि:शुल्क उपचार गर्ने बताका हुन् ।

मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्नसक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिवद्धतासमेत जनाए । उनले अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताए ।

मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरुले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र अभिया सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको पनि बताए ।

उनले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्