Logo
Logo

बालुवाटार बैठक- संसदीय समितिको नेतृत्व टुंग्याउने सहमति


945
Shares

काठमाडौं । प्रमुख तीन ठूला दलका शीर्ष नेताहरुबीच संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने सहमति भएकाे छ ।

आइतबार बालुवाटारमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समितिको नेतृत्व टुंग्याउने सहमति भएकाे हो ।

तीन दलबीच संसदीय सुनुवाइ समिति र अन्य विषयगत समितिको नेतृत्व टुंग्याउने सहमति जुटेको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार अब कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय समितिका सभापतिहरुको नाम टुंगो लगाउनेछ ।

१० समितिहरुमध्ये एमालेले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति पाउने सहमति भएको छ । बाँकी समिति सत्तापक्षले मिलेर लिने एमाले संसदीय दलका उपनेता सुवाुस नेम्वाङले जानकारी दिए ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको बजेट अधिवेशन, संसदलाई प्रभावकारी बनाउने, विषयगत समितिहरू गठन लगायतका विषयमा छलफल भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्