Logo
Logo

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम १ जेठबाट लागू हुने


882
Shares

काठमाडौं । नेपालीले विदेशबाट २ वटा मोबाइल ल्याउनेगरी मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जेठ १ गते आर्थात भोलि सोमबारदेखि लागू हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै सो जानकारी गराएको हो । सरकारले पछिल्लो समय निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको छ ।

दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणले भनेको छ,‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्ता गर्न सक्ने छन् ।’

दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नु पर्नेछ । प्राधिकरणले नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए नभएको एकिन गरी खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्