काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् । आइतबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा वाग्लेले अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र संगठीत अपराध भएकाले यसको गाम्भिर्यता राजद्रोह भएको बताएका हुन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय अभिसन्धीलाई टेकेर यसलाई उचाईमा पुराउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरुको बिषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे ।
उनले अन्य सेटिङ र भ्रष्टाचारहरुलाई पनि गहिरो गरि अनुसन्धान गर्नुपर्ने बताए । त्यस्तै वाग्लेले तनहुँ १ मा राजनीतिलाई संङ्गो पार्ने मुद्धा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे । उनले भ्रष्टहरुले सिष्टमलाई नै प्रभावमा पारेको भन्दै अब नयाँ तवरले अनुसन्धानलाई जोड दिनुपर्ने बताए ।














