Logo
Logo

सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी


441
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम जेठ ५ गते सार्वजनिक गर्ने तयारी गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आगामी आर्थिक वर्षका लागि जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेका हुन् ।

वर्तमान संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्