
काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध बिशाल प्रदर्शन गर्ने भएका छन्।
अनेरास्ववियू तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट बिद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा भिआईपीहरुलाई प्रहरीले समातिरहेको बेला एमाले निकट युवा र बिद्यार्थी संगठनहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसून्’ भन्ने नाराका साथ आज बिहान ११ बजे प्रदर्शन गर्न लागेका हुन् ।
सो प्रदर्शनी रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गवाट सुरु हुने आयोजकले जनाएको छ । नेपालीलाई नक्कली भुटानी शरनार्थी बनाई अमेरीका पठाउने भन्दै ठगी गरेको आरोपमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जनालाई प्रहरीले पमउ गरिसकेको छ ।
उक्त ठगी प्रकरणमा रायमाझीका छोरा सन्दीप पनि पकउ परेका छन् ।











