Logo
Logo

सरकारी वकिल कार्यालयमा खाँणको बयान सुरु


630
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो ।

गत बिहिबार पक्राउ परेका पूर्वगृहमन्त्री खाँणमाथि अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले ४ दिनको म्याद थप गरिदिएपछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो ।

टेकु परिसरको हिरासतमा ४ दिनदेखी रहदैँ आएका खाँणले सो घटनामा आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन् । उनले हिजो पनि सञ्चारकर्मीसँग भनेका थिए- ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफ्नो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्