
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन् ।
दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यता एनफा कम्प्लेक्स सातदोबाटोमा खुमलटार र मच्छिन्द्र क्लब आमुने सामुने हुनेछन् । दुबै खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।











