Logo
Logo

सभामुखले सुनाए टोपबहादुर पक्राउ परेको सूचना


441
Shares

काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सुनाएका छन् ।

सोमबार उनलाई सांसदबाट निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरले संसद बैठकमा पढेर सुनाएका थिए । प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो ।

वैशाख २७ गते नेकपा एमालेले पार्टी सचिवबाट पनि निलम्बन गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएकाले अनुसन्धानमा सघाउ पुगोस् भनेर सचिवबाट निलम्बन गरेको एमालेले बताएको थियो ।

प्रकरणमा टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि पक्राउ परेका छन् । टोपबहादुरलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्