Logo
Logo

नेपालबाट सुन्तला र घाँस लैजान चीन तयार


1k
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच भेटवार्ता भएको छ । सोमबार मन्त्री भुसाललाई भेट्न राजदूत सोङ मन्त्रालय पुगेका हुन् ।

सो क्रममा मन्त्री भुसालले राजदूत सोङसँग चीनले हालका वर्षहरूमा गरेको अभूतपूर्व विकासबाट आफू प्रभावित भएको भन्दै त्यहाँको विकसित प्रविधि, ज्ञान र सीपबाट आगामी दिनमा नेपालको कृषि क्षेत्रमा समेत थप सहयोग हुने आशा राखेको बताए ।

मन्त्री भुसालले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुहरूमध्ये चिया र राँगाको सुकुटी चीन निकासी गर्ने बस्तुको सूचीमा राख्नका लागि अनुरोध गरे । 

त्यस्तै सन् २०१९ मा हस्ताक्षर भएको सुन्तला जात फलफूल निर्यात सम्बन्धि प्रोटोकल र २०२२ मा हस्ताक्षर भएको हाइलेस घाँस निर्यात सम्बन्धी प्रोटोकलको पनि कार्यान्वयन गर्नुपर्नेमा मन्त्री भुसालले राजदूत सोङ्को ध्यानाकर्षण  गराए ।

राजदूत सोङ्ले कृषि र पशुपालनको क्षेत्रमा नेपाललाई सहयोग गर्न चीन सरकार तयार रहेको बताए । साथै कृषि र पशुपालनको कुन क्षेत्रमा नेपाललाई सहयोग चाहिएको हो स्पष्ट खाका पेश गर्न पनि राजदूत सोङ्ले आग्रह गरे ।

नेपालबाट सुन्तला र उच्च गुणस्तरको पशु आहार (घाँस) लैजान चीन तयार रहेको उनले बताए । नेपाललाई उच्च नश्लका गाई, भैँसी, कुखुरा दिन चीन तयार रहेको पनि राजदूत सोङ्ले बताए ।

प्रतिक्रिया दिनुहोस्