
काठमाडौं । नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मधेसमा २३ सांसदसहित पहिलो दलको रुपमा रहेको एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।
सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।
गत पुस २७ मा एमालेलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए ।















