Logo
Logo

वाह्यशक्तिको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ : शंकर पोखरेल


945
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीति बाह्य शक्तिको चलखेलले अस्थिर बनेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले बाह्यशक्तिले नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्न लागेको बताएका हुन्।

उनले नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समाप्त नसकेको उल्लेख गरेका छन् । उनले नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको पपुलिष्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने सम्भावना नरहेको उल्लेख गर्दै त्यसले भूराजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना वढि रहेको बताएका छन्।

उनले जनमतलाई विभाजित हुनबाट जोगाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको पनि औल्याएका छन्। महासचिव पोखरेलले ठूला ठूला संघर्ष र बलिदानको संघर्षवाट हुर्केका नेता र पार्टी भित्रको त्यो पीडा उनीहरुको मात्र कमजोरी ठान्नु भूल हुने उल्लेख गरेका छन्।

जव राम्रो काम गर्न सुरु गर्छ त्यतिवेला त्यतिवेला पार्टी भित्र अन्तरसंघर्ष वढेको र विभाजनको पीडा वेहोर्नु परेको उनले बताए । यो समस्या नेकपा एमालेमात्र नभई नेपाली कांग्रेसमा पनि उस्ते रहेको उनको भनाइ छ ।

यस्तो छ महासचिव पोखरेललेको स्टाटस :

प्रतिक्रिया दिनुहोस्