Logo
Logo

कांग्रेसले भन्यो- अडियो नक्कली हो, मञ्जुलाई पार्टीले फलो गरेको छैन


2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने बताएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले शरणार्थी प्रकरणको छानविनमा पार्टीले सहयोग गर्दे बताउँदै स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन् । उनले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे अनुसन्धान भइरहेकाले अहिले निर्णय लिन हतार हुने बताए ।

‘अनुसन्धानको निष्कर्ष आएको छ । अनुसन्धान परिपक्व होस् । त्यसको निष्कर्ष आओस् । उहाँले निर्दोछु साबित गर्छु भनिराख्नुभएको छ,’ उनले भने, ‘अनुसन्धान प्रक्रिया अघि बढोस् निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ । त्यसैले हामी अहिले निर्णयमा पुगिसकेका छैनौं ।’

उनले जो कोही भएपछि यस प्रकरणमा दोषीलाई कारबाही हुनुपर्ने बताए । उनले भने, ‘बचाउनुपर्छ हामी भन्दैनौँ । त्यसैले उहाँको अनुसन्धानपछि मात्रै निर्णय गर्छौं । उहाँले छानबिनमा सघाउँछु भन्नुभएको छ ।’

त्यस्तै प्रवक्ता महतले खाण पत्नी मञ्जु र केन्द्रीय सदस्य आरजु राणालाई शरणार्थी प्रकरणमा जोडेको र मञ्जु खाण भागेको विषयमा आपत्ति जनाए ।

उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ । यसमा जोडिएर आएको अडियो झूटो र नक्कली हो ।’

प्रतिक्रिया दिनुहोस्