Logo
Logo

सरकार निजी क्षेत्रमैत्री बन्नुपर्छ : स्वर्णिम वाग्ले


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रमैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा उनले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताए ।

निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने उनको भनाई छ । निजी क्षेत्र पखेटा फिँजाएर उड्नका लागि आवश्यक नीतिगत बाटो पहिल्याउन आवश्यक रहेको उनले बताए ।

वाग्लेले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताए । अब मुलुकका युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने उनको भनाई छ ।

विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको उनले बताए । ‘निजी क्षेत्रमैत्री नेपाल सरकार बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरूप केके गर्नुपर्छ त्यसमा बहस गरौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्