सशस्त्रका डिआईजीमाथि कारबाही सुरु
कूटनीतिक आचारसंहिताविपरीत गोप्य रुपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि कारबाही सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्पष्टिकरण सोधेका हुन् ।

डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा २ झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास गएका पुगेका थिए । अनुमति नलिईकन उनी त्यसरी दूतावास गएपछि छानबिन थालिएको हो ।
सशस्त्रका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले प्रवीणमाथि स्पष्टीकरण सोधिएको पुष्टी गरे । डिआइजी श्रेष्ठले भने अनुमति लिएरै तालिमका विषयमा छलफल गर्न दूतावास गएको दाबी गरेका थिए । तर, स्पष्टिकरण सोध्नुले उनी अनुमति नलिई गएको पुष्टि भएको छ ।












