काठमाडौं । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टी विरोधमा उत्रिएको ।

सो पार्टीका केही नेता/कार्यकर्ताले मंगलबार माइतीघर मण्डलामा पुगेर नाराबाजी गरेका छन् ।
नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य ऋषि धमलाका पत्नी एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर मण्डलामा नाराबाजी गर्न पुगेका थिए ।
उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको भन्दै चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।











