
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलरको मूल्य घटेको छ ।
अमेरिकी डलरको मूल्य १ को खरिददर १ सय ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ८४ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३१ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ २८ पैसा रहेको छ ।












