
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् ।
३० औँ मदनआश्रित स्मृति दिवसको अवसरमा बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन । उनले यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् ।
त्यस्तै मदनआश्रित स्मृति दिवसको अवसरमा एकिकृत समाजवादी पार्टीले पनि केन्द्रीय कार्यालय आलोकनगरमा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्र्रममा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मनित नेता झनाथ खनाललगायतले सम्बोध गरिरहेका छन् ।
जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।











