Logo
Logo

सानिमा इन्स्युरेन्सको साधारण सभा जेठ ३२ गते हुने


630
Shares

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा काठमाडौँको कालिकास्थानस्थित अमृतभोगमा गर्ने निर्णय गरेको छ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियमन ११ (क) संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  

सो सभाले संस्थापक सेयरधनीका तर्फबाट ३ जना, सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । यसैगरी, आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु स्वीकृत गरिनेछ । 

साधारणसभाबाट पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिका लागि पेस हुँदा नियमनकारी निकाय वा कार्यालबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्