
काठमाडौं । सनराइज बैंकले धनगढीको ऐश्वेर्या विद्या निकेतनलाई तीन थान प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा प्रभावकारी शिक्षा संचालनका लागि प्रोजक्टर हस्तान्तरण गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपाल ज्यूले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझा ज्यूलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने विश्वास बैंकले लिएको छ ।












