Logo
Logo

बालकृष्ण खाँणलाई तत्काल निलम्बन गर्नुपर्छ : गगन थापा


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका र दोषी कसैलाई छुट दिन नहुने बताएका हुन् ।

उनले शरणार्थी प्रकरणमा नाम जोडिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नसमेत माग गरे । अनुसन्धानमा पार्टी जोडिनु नहुने बताउँदै उनले दोषी ठहरिएका सबैलाई कारबाही हुनुपर्नेमा जोड दिए । नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको बताउँदै कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेल स्वतः निलम्बनमा पर्ने उनको भनाइ छ ।

उनले पार्टीकै केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेका बताउँदै त्यसलाई तोडेर भएपनि खाँणलाई निलम्बन गर्न आवश्यक रहेको बताए ।

महामन्त्री थापाले भने, ‘अहिले शरणार्थी प्रकरणमा हाम्रो पार्टीका नेता मुछिनुभयो । नेता मुछिएपछि विधिको शासन भएको ठाउँमा कानुनी प्रक्रियालाई सबैले विश्वास गर्नुपर्छ । अनुसन्धानबाट दोषी ठहरिन्छ भने सजाय पाउनुपर्छ । राष्ट्रविरुद्धको अपराध राजद्रोहमा अनुसन्धान निष्पक्ष हुनुपर्छ, जोजो मुछिन्छन् सबैलाई कारबाही हुनपर्छ ।’

प्रतिक्रिया दिनुहोस्